Saturday May 18, 2024
BS 2081 Jestha 6
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

राष्ट्र बैंकको तयारीः १० लाखमाथिको कारोबार नगदमा गर्न नपाइने !

Feb 22, 2017 under National 834 , Business/Economy 516

११ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ भन्दा बढीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । यो व्यवस्था लागू भएपछि १० लाखभन्दा बढीको कारोबार गर्नु परे अनिवार्यरूपमा बैंकबाटै गर्नुपर्ने छ ।

‘हामी नगद कारोबारलाई क्रमश: घटाउँदै लैजाने à¤¸à¥‹à¤šà¤®à¤¾ छौं, अब १० लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारी à¤—र्दैछौं,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने ।
गभर्नर नेपालले औपचारिक कारोबारलाई प्रोत्साहन गर्नका लागि पनि यस्तो सीमा क्रमशः घटाएर शुन्यमा झार्ने आफ्नो इच्छा रहेको जानकारी गराए । राष्ट्र बैंकले पछिल्लो पटक नगद कारोबारको सीमा घटाएर ३० लाख रुपैयाँमा झारेको थियो ।

राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ ।

‘प्रणालीको सहयोगमा कारोबार सम्भव भएमा यसले पारदर्शिता पनि बढाउँछ, भुक्तानी रणनीति कार्यान्वयनपछि करिब ५० अर्ब रुपैयाँ राजस्व बढ्ने हाम्रो अनुमान छ ,’ गभर्नर नेपालले स्पष्ट पारे ।

नेपालका अनुसार सन् २०१४ मै à¤¯à¤¸à¥à¤¤à¥‹ रणनीति निर्माण भइसकेको हो।

Onlinekhabar.com
No news.
Australian Dollar to Nepalese Rs